मुख्य समाचार

हट्सन रकेट्सको नयाँ रेकर्ड

एजेन्सी—अमेरिक व्यवसायिक बास्केटबल क्लब हस्टन रकेट्सले यो सिजनमा नयाँ किर्तिमानी राखेको छ । रकेट्सले न्यु ओर्लियन पेलिकेन्सलाई ११४—९१ स्कोरले पराजित गर्दै सिजनको ५९ औं जित दर्ता गर्दै किर्तिमान बनाएको छ । फ्रेन्जाईज कम्पनीमा हट्सन रकेट्सले लगातार ९ खेल जित्दै किर्तिमानी बनायो । किर्तिमानी राख्ने क्रममा जेम्स हार्डेनले २७ अंक बास्केट गरे । छ रिवाण्ड र ८ बास्केट गर्न अवसर मिलाईदिएका थिए । जेम्सको यो सिजनमा २ हजार अंक जोडिसकेका छन् । क्लाईन्ट क्यापेलाले १८ अंक बास्केट गरे । १६ रिवाण्ड… पुरा पढौ

बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको फाईनलमा, उपाधिको लागि राईजिङसँग खेल्ने

बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लबलाई ११६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२०प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङ क्रिकेट क्लब निलोले किरण सिंहको ४३ रनको योगदानमा १६३ रनको लक्ष्य प्रस्तुत गर्यो । बाङगेचौर खेल मैदानमा आज भएको दोस्रो सेमिफाईनलमा ओपनर सन्तोष घोजीले २७ रनको पारी खेले । पुरन सिंहले २६ रनको योगदान दिए भने रमेश बस्नेतले १२ रन नटआउट हिर्काए । सिकन्दर यादवले तीन विकेट लिने क्रममा तीन ओभरमा ३० रन खर्चिए… पुरा पढौ

लामिछानेलाई मेसुका स्पोर्टस मन्थ्ली टेनिस उपाधि

पोखरा(खेलाडी न्युज)—मेसुका स्पोर्टस टेनिस प्रतियोगिताको उपाधि धरमबहादुर लामिछानेले जितेका छन् । आईतबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा गोपीबहादुर भट्टराईलाई ६—४, ६—३ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरे । उनी गत महिना भट्टराईसँग पराजित भएका थिए । गत महिनाको हारको बदला लिने क्रममा उनले भट्टराईलाई सोझो सेटमा पन्छाउँदै उपाधि उचाले । उनले नगद ५ हजार पाउँदा उपविजेता भट्टराईले नगद २५ सय रुपैयाँ प्राप्त गरे । पोखरामा टेनिस खेलको विकास र विस्तारको लागि मासिक पोखरास्तरीय टेनिस प्रतियोगिता गर्दै आएका… पुरा पढौ

बैंकर्स कप एट ए क्रिकेट प्रतियोगिता

काडमाडौं(खेलाडी न्युज)—खुकुरी इन्टरटेनमेन्ट प्रालिले द बैंकर्स कप ८ ए साईड क्रिकेट प्रतियोगिता गर्ने भएको छ । आउँदो बिहीबारदेखि (मार्च २९)देखि सात ओभरको बैंकर्स कप क्रिकेट प्रतियोगिता गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । बैंक बीच आपसी सदभाव र भाईचारा अभिबृद्धि गर्ने लक्ष्यसहित आयोजित प्रतियोगितामा १० टोलीको मात्रै सहभागिता गराईने आयोजकले जनाएको छ । तीनदिन(३१ मार्च)सम्म चल्ने प्रतियोगितमा किर्तिपुर क्रिकेट मैदानमा हुने प्रतियोगिता राउण्ड रोविनमा खेलाईने पत्रकार सम्मेलनमा बताईयो । विजेताले आगामी वर्ष निशुल्क प्रवेश पाउने छ । विजेता बैंकर्सले… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी धौलागिरी टी—२० को फाईनलमा, करणले हाने नटआउट ११० रन

बाग्लुङ(खेलाडी न्युज)—आफनो एकेडेमीको टिम । आफनै गृह जिल्ला । करण केसीलाई निकै अप्ठ्यारो पर्यो । तर पनि आफैले स्थापना गरेको क्रिकेट एकेडेमीको जर्सीमा मैदान उत्रिए । गृह जिल्लाको नेपाल विद्यार्थी संघ(नेविसंघ) विरुद्ध गतिलो प्रदर्शन गर्दै फाईनलको स्थान सुरक्षित बनाए । भर्खरै हङकङ र पपुवा न्युगिनी विरुद्ध जित हासिल गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले आफनै एकेडेमी राईजिङ क्रिकेटको कप्तानी सम्हाल्दै आईतबार उत्रिए । पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुर्याउने क्रममा करणले ११० रनको नआउट खेल्दै उपाधि… पुरा पढौ

इग्लिस क्लब सिटी नेयमार भित्रयाउने रेसमा

एजेन्सी—खुट्टाको एंकल सर्जरी गरी आराम गरिरहेका पेरिस सेन्ट जर्मेनका प्लेमेकर नेयमारलाई भित्रायाउने चासोमा इग्लिस क्लब म्यानचेष्टर सिटी पनि अघि देखिएको छ । समर सिजनमा रसियामा हुने विश्वकपमा फर्किने तयारीमा रहेका नेयमारलाई समर सिजनमा सिटी भित्रयाउने अभियानमा व्यवस्थापक पेप ग्वार्डिओलाले सक्रियता देखाएका छन् । यद्यपी रिलिज क्लजको बारेमा भने केही खुलाईएको छैन् । नेयमार बार्सिलोना फर्किने सम्भावना पनि छ । रियल मड्रिडले नेयमारलाई भित्रयाउने चाहना राख्दै आएको छ । प्रिमियर लिगको पहिलो उपाधि उचाल्ने योजनामा रहेको ग्वार्डिओलाले नेयमारलाई भित्रयाई टोलीको प्रदर्शन… पुरा पढौ

बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—पोखरा क्रिकेट क्लब पोखरालाई १२६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको बाग्लुङ क्रिकेट क्लबले पुरन सिंह र विक्की घोजीले क्रमश ६६ र ५८ रनको पारी खेल्दै २४३ रन बनाए । सिंहले चार छक्का र आठ चौका हिर्काउँदै ६६ रन जोडे । घोजीले छ चौका र पाँच छक्का हान्दै ५८ रन बनाई चन्द्रको बलमा आउट भए । मोद सानले २१, प्रविन कार्कीले २१, किरण सिंहले १७… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी पाँचौ धौलागिरी टी—२० क्रिकेको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङ नगरपालिकालाई चार विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी ए पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङले पोखराको एकेडेमीलाई जितको लागि १०२ रनको लक्ष्य प्रस्तुत गर्यो । अनिल बोगटीले सर्वाधिक रन हान्ने क्रममा २० रन जोडे । भुवन कार्कीले १७ रन, सन्तोष घिमिरेले ११ र अनुप बानियाँले १० रनको योगदान गरे । अन्य खेलाडीको दोहोरो अंकको रन बनाउनबाट चुके । मुखिल यादव र अमन रेग्मीले ३—३ विकेट लिए । अमृत… पुरा पढौ

जापान जाने यु—१२ नेपाली टोलीको बिदाई

पोखरा(खेलाडी न्युज) जापानमा यही चैत १२ यही चैत १४ गतेदेखि हुने कोपा पुमा टोरेरस यु १२ फुटबल प्रतियोगिताको लागि सहभागि नेपाली टोलीलाई आज पोखरा रंगशालाबाट विदाई गरिएको छ । सहभागी १२ जना खेलाडी तथा प्रशिक्षण्कलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खादा लगाई बिदाई गरेका हुन् । विदाई समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष ईश्वर गुरुङ लगायतको व्यक्तित्वको उपस्थ्तिि थियो । चैत २० गतेसमम् हुने प्रतियोगितामा सहभागि खेलाडीहरुमा अजित श्रेष्ठ, आदेश… पुरा पढौ

अफगानिस्तान विश्वकपमा, आयरल्याण्ड ५ विकेटले पराजित

एजेन्सी—नेपालले हङकङलाई पराजित गरेपछि सुपरसिक्समा भाग्योदय भएको अफगानिस्तान विश्वकप क्रिकेट खेल्ने अन्तिम टोली बनेको छ । सुपरसिक्समा आयरल्याण्डलाई ५ विकेटले पराजित गर्दै अफगानिस्तानले ६ अंकसँगै विश्वकप खेल्ने सौभाग्य पाएको छ । आयरल्याण्डले दिएको लक्ष्यलाई अफगानिस्तानले पाँचबल बाँकी हुदाँ पुरा गर्दै विश्वकप खेल्ने अन्तिम टोलीको रुपमा आफुलाई उभ्यायो । जिम्बावे, आयरल्याण्ड, स्कटल्याण्ड भने अभागी हुन पुगे । जिम्बावे र स्कटल्याण्ड ५ अंकमा रहदै विश्वकप क्रिकेट छनोट प्रतियोगिता टुग्याउँदा आयरल्याण्ड भने ४ अंकमै रहेर चारवर्षको लागि प्रतिक्षामा बस्यो । मोहम्मद साहजादले अर्धशतकीय… पुरा पढौ