एजेन्सी(मेलबर्न)— टेनिसका लेजेण्ड स्वीस भेट्रान्स ३७ वर्षिय रोजर फेडेररले करियरको २० औं ग्राण्डस्लाम अन्तर्गत अष्ट्रेलियन ओपन जित्दै नयाँ इतिहास कोरेका छन् । छैैटौं बरियताका मरिन सिलिचलाई मेलबर्नको रड लेभर एरिनामा आईतबार ६—२, ६—७, ६—३, ३—६ र ६—१ को पाँचौ सेटमा पराजित गर्दै करियरको २० औं ग्राण्डस्लाम जिते । ३७ वर्षको उमेरमा उपाधि जित्ने उनी दोस्रो खेलाडी हुन् । सन १९७२ मा केन रसवालले ३७ वर्षकै उमेरमा ग्राण्डस्लामको उपाधि जितेका थिए । पाँचौ सेटमा फेडेररको दुई ब्रेक प्वाईन्ट सिलिचले गुमाए ।…
पुरा पढौ