मुख्य समाचार

आज आहा राराको पहिलो सेमिफाईनल, पाहुना टोली बंगलादेश र थ्री स्टार भिड्दै

धन बस्नेत, पोखरा- आहा राराको आज १६ औं सस्करणको पहिलो सेमिफाईनल । पहिलो सेमिफाईनल पाहुना टोली उत्तर बरिन्धरा क्लबले नकाउट फुटबलमा लामो समयपछि फर्किएको रुस्लान थ्री स्टार बीच हुदैै छ । सुदुर पश्चिम ११ स्पोर्टिङ क्लबलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको उत्तर बरिन्धराले आफना गुई अफ्रिकन खेलाडीलाई रातो कार्डमा गुमाएको छ । उता थ्री स्टारले पनि आफना अफ्रिकन खेलाडीलाई अघिल्लो दिन पोखराको मैदानमा उतार्न सकेन् । आयोजक सहारा क्लबले विदेशी खेलाडीको हकमा वर्क परमिट मागेपछि अफ्रिकन खेलाडीलाई थ्री स्टारले… पुरा पढौ

पारसको बलिङ र नाथको व्याटिङ चम्केपछि युएईमाथि २५ रनको जित

पोखरा(खेलाडी न्युज)—कप्तान पारस खड्काको बलिङमा विकेट र दिलिप नाथको व्याटबाट रन निस्केपछि युएईको भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मैत्रीपूर्ण खेलमा युएई ए माथि २५ रनको जित निकालेको छ । २४७ रनको लक्ष्य दिएको नेपालका लागि कप्तान पारस खड्काले युएईको पाँच व्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपछि मैत्रीपूर्ण खेल जित्दै आईसिसी डिभिजन २ को तयारीका लागि केही आत्मविश्वासी बनेको छ । टस जितेर व्याटिङ गरेको नेपालले ३६ रन बनाउँदा १८ रनमै अपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । उनसँग साझेदारी गरिरहेका दिलिप नाथ… पुरा पढौ

प्रथम प्रदेश नम्बर ४ स्तरीय मेयर कप शुरु, बाग्लुङको पालुङटार विजयी

बागलुङ,(खेलाडी न्युज)- बाग्लुङ नगरपालिकाको आयोजना तथा बाग्लुङ जिल्ला फुटबल संघको व्यवस्थापनमा आजदेखि बाग्लुङको बाङ्गेचौर खेल मैदानमा प्रदेश नं ४ स्तरीय मेयर कप फुटबल प्रतियोगिता शुरु भएको छ । आयोजक बाग्लुङको पालुङटार नगरपालिकालाई पेनाल्टी सुट आउटमा ४—३ गोल पराजित गर्दै क्र्वाटरफाईनल सुरक्षित गरेको छ । निर्धारित समयमा २–२ गोलमा टुगिएको खेल अतिरिक्त समयमा समेत दुबैले समान एक एक गोल गरे । तर निर्णय भने पेनाल्टी सुटआउटमा हुन पुग्यो । पेनाल्टीमा बागलुङका युगेस थापा, निसान थापा, कमल थापा र प्रमेश थापाले गोल गरेका थिए… पुरा पढौ

जापानमा हुने कोपा पुमा टोरेरसको लागि नेपाली टिमको छनोट

पोखरा(खेलाडी न्युज)— जापानमा हुने यु—१२ कोपा पुमा टोरेरस फुटबल टुर्नामेन्टको लागि नेपाली टोली छनोट गरिएको छ । फन रुट्स एकेडेमीका प्रशिक्षक समेत रहेको नेपाली पुर्व राष्ट्रिय खेलाडी बसन्त गौचनको उपस्थितिमा पोखरा रंगशालामा १२ सदस्यीय टोली छनोट गरिएको हो । छनोट हुनेमा अजित श्रेष्ठ, साईमन गौचन, अनिल सूचिकार, राजकुमार गुरुङ, सुवास गुरुङ, मनिष क्षत्री, रितेश गुरुङ, मनिष सिंजाली, मनोज विश्वकर्मा, अनुपम श्रेष्ठ, श्रयस थापा मगर र नर्बु लामा रहेको प्रशिक्षक राजेन्द्र तामाङले जानकारी दिए । नेपाली टोलीले ब्राजिल, स्पेन, जर्मनी, अष्ट्रेलिया,… पुरा पढौ

नेपाल पुलिस आहाको सेमिफाईनलमा, मनाङ मस्र्याङ्दीको गोल्डकप यात्रा टुंगियो

धन बस्नेत, पोखरा- नेपाल पुलिस क्लबले आहा राराको १६ औं सस्करणको सेमिफाईनल यात्रा तय गर्दा लामो इतिहास बनाएको लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीलाई गोल्डकप यात्रालाई विट मारेको छ । पोखराको मैदानमा अन्तिम क्र्वाटरफाईनल खेलेको मनाङ मस्र्याङ्दी पुलिसको युवा जोशसँग ३—१ गोलमा पराजित हुदाँ अफ्रिकन खेलाडीको अभाव खड्कियो । मनाङ मस्र्याङ्दीले पुलिसका युवा खेलाडीलाई पहिलो हाफ गोलरहित अवस्थामा टुग्ंयायो । तर दोस्रो हाफमा भने अनुभवी मनाङ मस्र्याङ्दीलाई पुलिसका युवा जोशले दबावमा राख्यो । ५३ औं मिनेटमा निरकुमार राईले हिर्काएको ‘भली’ सेकेण्ड बार च्याप्दै… पुरा पढौ

भारत यु—१९ विश्वकप क्रिकेटको फाईनलमा, पाकिस्तान २०३ रनले पराजित

एजेन्सी—पाकिस्तानलाई २०३ रनले पराजित गर्दै भारत यु—१९ विश्वकप क्रिकेट प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । अब उपाधिको लागि भारतले अष्ट्रेलियासँग खेल्ने छ । अष्ट्रेलियाले पनि अफगानिस्तानलाई पराजित गर्दै फाईनल सुरक्षित गरेको हो । भारतले दिएको २७३ रनको लक्ष्य पछ्याएको पाकिस्तान सस्तैमा पवेलियन फर्किएपछि भारतले फराकिलो रनले जित्दै फाईनल पुग्यो । पाकिस्तान केवल ६९ रनमै अलआउट हुदाँ केवल २९ ओभर ३ बल मात्रै खेल्न भ्याए । पाकिस्तानी व्याट्सम्यान रोहेल नाजिरकै नाममा सर्वाधिक रन लेखियो । उनले १८ रन बनाए । साद… पुरा पढौ

‘खेलाडी अनुबन्धन गरी एन्फाकै टिम बनाउँछौं’

पोखरा(खेलाडी न्युज)- कास्की जिल्ला फुटबल संघले खेलाडीलाई अनुबन्धन गरी १८ सदस्यीय फुटबल टिम बनाउने तयारी गरेको छ । मोफसलका शहरमा आयोजना हुने नकाउट फुटबल प्रतियोगिताको लागि एन्फाकै टिमले सहभागिता जनाउने छ । १८ जना खेलाडीलाई एन्फाले व्यवसायिक रुपमा राख्ने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बताए । ‘बाहिरी जिल्लामा खेल्न जादाँ कास्की ११ वा पोखरा ११को नामबाट खेल्न जान्छ । तर टिम कास्की जिल्ला फुटबल संघको मातहतमा रहन्छ ।’ उनले मंगलबार जापानमा हुने यु—१२ कोपा पुमा टोरेरस फुटबल प्रतियोगिताको लागि… पुरा पढौ

मेयर कपको लागि पोखरा लेखनाथ महानगरपालिकाको टिम छनोट

पोखरा(खेलाडी न्युज)- बाग्लुङमा आजदेखि प्रदेश नं ४ स्तरीय मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । बाग्लुङको गल्कोट नगरपालिका र कुष्मा नगरपालिका पर्वत बीचको विजेतासँग पोखरा लेखनाथ महानगरपालिकाले १९ गते क्र्वाटरफाईनल खेल्ने छ । क्र्वाटरफाईनल खेल्ने पोखरा लेखनाथ महानगरपालिकाले मंगलबार मात्रै टिमको छनोट गरेको छ । टोलीमा विशाल बस्नेत, विशाल श्रेष्ठ(गोलकिपर) छन् । राष्ट्रिय टोलीबाट समावेश भईसकेको मानबहादुर गुरुङ, लक्ष्मण जिसी, सरोज योन्जन, रमेश थापामगर, हरि गुरुङ, अन्जन देवकोटा(डिफेन्स) छन् । त्यस्तै उत्तम गुरुङ, विशन गुरुङ, टंक गुरुङ, त्रिदेव गुरुङ, शुशिल… पुरा पढौ

टी—२० पिसिसि कपलाई दि युनाईटेड गोल्डमार्टद्वारा प्रायोजन

पोखरा,(खेलाडी न्युज) —एक हप्तापछि हुने पोखरा क्रिकेट क्लब कप टी—२० प्रतियोगितालाई दि युनाईटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । माघ २३ गतेदेखि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुने क्लबस्तरीय प्रतियोगिताले पहिलो पटक मुख्य प्रायोजन भेटेको हो । पोखरा रंगशालामा लेदरबल(ड्युज) टी—२० प्रतियोगिता गर्ने जनाएको छ । अघिल्लो वर्षमात्रै क्लबले विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न गरेको थियो । प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर गरे । विजेता टीमले नगद ४० हजार साथमा नगद,… पुरा पढौ

आहा राराको क्र्वाटरफाईनलमै मनाङ र पुलिसको भेट

धन बस्नेत, पोखरा- फुटबल प्रेमी दर्शकले आज पोखराको मैदानमा नेपाल पुलिस र मनाङ मस्र्याङ्दीको अन्तिम क्र्वाटरफाईनल खेल हेर्ने छन् । वर्षदिनको प्रतिक्षापछि आहा राराको अधिकांश सस्ंकरणमा फाईनलमा भेट हुने दुवै टोली १६ औं सस्करणमा भने अन्तिम क्र्वाटरफाईनलबाट एउटाले यात्रालाई विट मार्ने छ । यी दुवै टोली नयाँ भने होईनन् । चीरपरिचित प्रतिद्वन्द्वी समेत हुन् । दुवले स्तरीय फुटबल पस्कदैं विगतमा उपाधि उचाल्दै इतिहास लेखिसकेका छन् । मोफसलको गौरवपूर्ण इतिहास बोकेको गोल्डकप उचाल्ने सपना साँच्दै फेरी यी दुई टोली एक पटक पोखरेली… पुरा पढौ