मुख्य समाचार

बालकल्याण क्र्वाटरफाईनलमा, शिवशक्तिका अविनाशले पाए रातो कार्ड

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको आयोजनामा सञ्चालित विद्यालयस्तरीय एन्फा कप छात्रा फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार विन्ध्येश्वरीले नोवेल एकेडेमीलाई पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको छ । ईसोना गुरुङको निर्णायक गोलमा विन्ध्येश्वरीले अन्तिम आठको स्थान सुरक्षित बनायो । पोखरा रंगशालामा भईरहेको प्रतियोगिताको अमरसिंह बोर्डिङले विद्या निकेतनमाथि गोलको वर्षा गरायो । अमरसिंहले विद्या निकेतनलाई ६–० को फराकिलो गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । यसैगरी चिल्डे«न्स एकेडेमीले अमरसिंह माविलाई १–० गोलले पराजित गरेको छ । अर्पिता गुरुङको निर्णायक गोलमा एकेडेमी अन्तिम आठमा… पुरा पढौ

राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सको जित

राजविराज (खेलाडी न्युज)-राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत दोश्रो दिनको खेलमा बजाज खडक वारियर्सले जित हात पारेको छ। पहिलो जित हात पार्ने क्रममा उसले बोदे बर्साइन थन्डर्सलाई २ विकेटले पराजित गर्यो। पब्लिक विन्देश्वरी मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको बोदे बर्साइन थन्डर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो। उसको लागि अमित दासले २३ तथा बिक्रम भुसालले अविजित २२ रन योगदान दिए। बजाज खडकका बलर गोमनन्द अमात्य, पुस्प थापा र हशिम अन्सारीले समान २ विकेट… पुरा पढौ

फुटबल विकास कार्यक्रम गर्न मर्सीकोर र आदर्श युवाक्लब बीच सम्झौता

पोखरा(खेलाडी न्युज)-आदर्श युवा क्लब भण्डारढीकले मर्सीकोर नेपालसँग तेस्रो चरणको कार्यक्रम गर्न बिहीबार सम्झौता भएको छ । मर्सीकोरले लेखनाथको फुटबल विकाससँगै युवा नेतृत्व सम्बन्धी तालिम प्रदान गर्न यसअघि दुई चरणका कार्यक्रम पुरा गरिसकेको छ । दुई चरणको कार्यक्रममा गैरसरकारी संस्था मर्सीकोर नेपालले आदर्श युवा क्लब भण्डारढीकलाई ८० लाख रुपैयाँ हस्तान्तरण गरी कार्यक्रम सम्पन्न गरिसकिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत संस्थाले क्लबलाई ४१ लाख ७१ हजार ३७ रुपैयाँ आर्थिक सहयोग दिने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार कार्यक्रम दश महिना… पुरा पढौ

क्षेत्रीयस्तरीय टेबुल टेनिसमा रुपन्देही च्याम्पियन, खेलकुद उच्च प्राथमिकतामा–मेयर जिसी

पोखरा(खेलाडी न्युज)- पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा आयोजित क्षेत्रीयस्तरीय टेबुल टेनिस प्रतियोगितामा रुपन्देही च्याम्पियन बनेको छ । कास्की जिल्ला दोस्रो स्थानमा चिक्त बुझाउँदा स्याङजा तेस्रो, बाग्लुङ चौथो र नवलपरासी पाँचौ स्थानमा रहदै दुईदिने प्रतियोगिता टुंगिएको छ । रुपन्देहीले महिला एकल, पुरुष एकल, महिला युगल र पुरुष युगल चारवटै इभेण्टमा स्वर्ण पदक जित्दै टेबुल टेनिसमा आफनो प्रभुत्वलाई कायमै राख्यो । महिला एकल तर्फ रुपन्देहीकी अमृता थापाले रुपन्देहीकै सुकृति श्रेष्ठलाई ११–३, ८–११, ६–११, ११–४ र ११–७ को सेटले पराजित गर्दै स्वर्ण… पुरा पढौ

क्षेत्रीयस्तरीय बक्सिङमा कास्की च्याम्पियन

पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराद्वारा आयोजित क्षेत्रीयस्तरीय बक्सिङ प्रतियोगितामा कास्की टिम च्याम्पियन बनेको छ । कास्कीले पाँच स्वर्णसहित टिम च्याम्पियन बन्यो भने नवलपरासी एक स्वर्णसहित दोस्रो स्थानमा चिक्त बुझायो । पुरुष तर्फको ४९ केजी तौल समूहको प्रतिस्पर्धामा नवलपरासीका सुरज गुरुङले कास्कीका विष्णु गौतमलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए । ५२ केजी तौल समूहमा कास्कीका केशरबहादुर नेपालीले नवलपरासीकै अमिर गुरुङलाई पराजित गरेर स्वर्ण पदक थाप्दा कास्कीका जिनेश गुरुङले बाग्लुङका राजन श्रीमगरलाई पन्छाउँदै ५६ केजी तौल समूहमा स्वर्ण… पुरा पढौ

सविनलाई क्षेत्रीयस्तरीय बक्सिङमा स्वर्ण

पोखरा(खेलाडी न्युज)- सामाजिक विकास मन्त्री नरदेवी पुनले गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुनले प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी छन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीको आयोजनामा पोखरामा सुरु भएको क्षेत्रियस्तरिय महिला–पुरुष बक्सिङ र टेबुल टेनिस प्रतियोगिताको उद्घाटन गर्दै सरकारको लक्ष्य नै प्रदेशलाई खेलकुद हबको रुपमा बिकास गर्ने बताएकी हुन । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती प्रशिक्षण विभाग प्रमुख तथा वरिष्ठ बक्सिङ प्रशिक्षक विद्या मर्सानीलाई बक्सिङ गलभ्स् दिएर प्रतियोगिताको उद्घाटन गर्दै मन्त्रि पुनले भनिन– “प्रदेश सरकारले प्रदेशमा एक… पुरा पढौ

क्षेत्रीयस्तरको टेवल टेनिसमा सबै इभेण्टमा रुपन्देही फाईनलमा

पोखरा(खेलाडी न्युज)-पश्चिमाञ्चल क्षेत्रीयस्तरीय टेवल टेनिस प्रतियोगिताको मेन्स र लेडिज सिंगल्स तर्फको उपाधिका लागि रुपन्देहीका खेलाडीद्वयले प्रतिस्पर्धा गर्ने छन् । क्षेत्रीय खेलकुद विकास समिति पोखराको आयोजना तथा कास्की जिल्ला टेबल टेनिस संघको संयोजनमा पोखरा रंगशालामा बुधबारदेखि आयोजित प्रतियोगितामा मेन्स सिंगल तर्फको सेमिफाईनलमा रुपन्देहीका कपिल थापाले कास्कीका रुक गुरुङलाई ११–८, ११–८ १२–१० को सेटले पराजित गर्दै फाईनल पक्का गरे । उनले उपाधिको लागि रुपन्देहीकै गोविन्द कौशलसँग प्रतिस्पर्धा गर्ने छन् । कौशलले पनि सेमिफाईनलमा कास्कीका सुमेश लामालाई ११–९, १२–१०, ६–११ र ११–७ को… पुरा पढौ

फ्रान्स विश्वकपको फाईनलमा, ३२ वर्षपछिको भेटमा बेल्जियम फेरी नतमष्तमक

सेन्टपिर्टसबर्ग(एजेन्सी)-सामुएल एमटिटीको निर्णायक गोलमा फ्रान्स १२ वर्षपछि विश्वकपको फाईनलमा प्रवेश गरेको छ । सन २००६ मा फाईनलको यात्रा तय गरेको फ्रान्सले सन २०१८ मा पहिलो सेमिफाईनल बेल्जियमलाई १-० गोलले पराजित गर्दै फाईनल सुरक्षित बनायो । २००६ मा फाईनलमा इटालीसँग टाईब्रेकरमा पराजित हुदैं फ्रान्स दोस्रो पटक उपाधि उचाल्नबाट बन्चित हुन पुग्यो । घरेलु भूमीमा फ्रान्सले १९९८ मा उपाधि उचालेको थियो । त्यही टोलीले २००० मा भने युरोकप जित्दै इतिहास लेखेको थियो । सन १९८६ मा समेत बेल्जियम सेमिफाईनलसम्मको यात्रा तय गरेको… पुरा पढौ

‘एक निर्वाचन क्षेत्र एक खेल मैदान’

धन बस्नेत, पोखरा-एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ । संघीय सरकारले लिएको लक्ष्यलाई प्रदेश सरकारले पनि प्राथमिकतामा राखेको छ । सरकारले लिएको लक्ष्य अनुसार वर्षेनी खेल मैदानको लागि बजेट समेत विनियोजन गर्दै आएको छ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद मार्फत कास्कीमा तीनै निर्वाचनमा विभिन्न खेलकुद मैदानको बजेट छुट्टाउँदै आएको छ । छुट्टाइएको बजेटले खेलकुद मैदान निर्माणका काम अघि बढाइएको छ । तर पर्याप्त बजेट छुट्टिन नसक्दा निर्माणको गति भने धिमे भएको… पुरा पढौ

बैकल्पिक क्रिकेट मैदानको लागि पशुपतिघाट क्षेत्र उपयुक्त–क्रिकेट संघ

पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि दुई वटा मैदान अनिवार्य हुनुपर्छ । तर पोखरामा क्रिकेटको लागि दुईवटा मैदान नै छैनन् । भएको एउटै पोखरा रंगशालाभित्रको क्रिकेट मैदान समेत बन्नेमा ढुक्क हुने बातावरण अझै बनेको छैन् । गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान र गल्फ कोर्ष बनाउन विज्ञ टोली गठन गरी आवश्यक अध्ययन गरिरहेको छ । टोलीले प्रदेशको विभिन्न जिल्ला भ्रमण गरी रिपोर्ट समेत तयार बनाई प्रदेश सामाजिक विकास मन्त्रालयमा पेश गरिसकेको छ । कास्की जिल्ला क्रिकेट संघले पनि पोखरामा दुई वटा… पुरा पढौ